FLASH NEWS

प्रेम आचार्यको आत्मदाहबारे गगनको टिप्पणी-सिस्टम चलाउनेको असफलता हो


नेपाल आवाज १२ माघ २०७९, बिहीबार ०८:५१ मा प्रकाशित १४२३ पाठक संख्या

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले मंगलबार बानेश्वरमा आ’त्मदाह प्रयास गरेका प्रेम आचार्यको आ’त्मदाह सिस्टम चलाउनेको असफलता रहेको टिप्पणी गरेका छन् ।


महामन्त्री थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यको आ’त्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन् पटक पटक घोचिरहेको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यसो सोच्छु उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि? फेरि सोच्छु यो कुनै व्यक्तिको असफलता मात्रै होइन । यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिस्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ ।’

यस्तै, थापाले आचार्यले उठाएको विषयलाई सम्बोधन गर्न निरन्तर लाग्ने पनि उल्लेख गरेका छन् । ‘अब आरोप प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला,’ थापाले लेखेका छन् ।