आज: | Mon, 04, Mar, 2024
FLASH NEWS

आज सरस्वती पूजा, सरस्वती मन्दिरहरूमा घुइँचो


नेपाल आवाज १२ माघ २०७९, बिहीबार २०:४२ मा प्रकाशित २२८७ पाठक संख्या

काठमाडौं । आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ ।  सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो । स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ । बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा  चकले लेखेर अक्षरारम्भ गरेका छन् ।