काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम गरेको हो ।
बिहिबार प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सयले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।