FLASH NEWS

आज देखि आईपीओ बिक्री खुला


नेपाल आवाज १३ माघ २०७९, शुक्रबार १२:५४ मा प्रकाशित १८१३ पाठक संख्या

काठमाडौँ ।  माया खोला हाइड्रोपावर कम्पनीले माघ १३ गते शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।


कम्पनीले जारी पूँजी ३४ प्रतिशत अर्थात १ अर्ब रुपैयाँको सेयर बिक्री गर्नलागेको हो। स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीका लागी  प्रतिकित्ता १०० रुपैयाँ अंकित ३४ करोडको सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सोमध्ये स्थानीय क्षेत्रका आयोजना प्रभावितका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागी २ लाख ४० हजार कित्ता सेयर छुट्याइएको हो ।

साथै, १ लाख २० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसैगरी स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडफाँट गरेपछि सर्वसाधारणका लागी  कम्पनीले बिक्री खुलाउनेछ ।