FLASH NEWS

फेरि बढयो सुनको भाउ


नेपाल आवाज १५ माघ २०७९, आईतवार ११:५८ मा प्रकाशित १६२७ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको हो । यसैगरी, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।