FLASH NEWS

श्रीमतीको ह’त्या गरेको आराेपमा श्रीमान पक्राउ


नेपाल आवाज १५ माघ २०७९, आईतवार १३:५४ मा प्रकाशित १५०७ पाठक संख्या

भोजपुर । आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको ह’त्या गरेको आराेपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका छन् । ज्ञानबहादुरले मा’दक प’दार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थि’चेर ह’त्या गरी खाडलमा पुरेको भन्ने सुचना प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।