आज: | Wed, 28, Feb, 2024
FLASH NEWS

महानगरविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)


नेपाल आवाज १५ माघ २०७९, आईतवार १६:५१ मा प्रकाशित १७७१ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । ‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौं वासी प्रदर्शनमा उत्रिएका हुन् ।