FLASH NEWS

भक्तपुरबाट १७ वर्षपछि पक्राउ परे दुई अभियुक्त 


नेपाल आवाज १५ माघ २०७९, आईतवार १६:५३ मा प्रकाशित १०७५ पाठक संख्या

भक्तपुर। भक्तपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । ३० माघ २०६२ मा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ (साविक ताथली गा.बि.स. -८)  ताथलीमा रहेको गणेश ईट्टा भट्टामा काम गर्ने रोल्पाका ४१ वर्षीय कृष्ण योगीको हत्या गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काभ्रे मण्डनदेउपुर नगरपालिका– १ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षका बहादुर तामाङलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।  प्रहरी वृत्त जगातीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।