FLASH NEWS

२०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार


नेपाल आवाज १६ माघ २०७९, सोमबार १२:३१ मा प्रकाशित १७८३ पाठक संख्या

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ । योसँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन् । शाहरुख एक उदाहरण मात्र हुन् । यहाँ दुई सय करोड क्लबमा सामेल बलिउडका १० कलाकारको बारेमा प्रस्तुत गरिएको छ ।


सलमान खान: सलमान खान यो सूचीको पहिलो स्थानमा छन् । उनले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाउने ६ फिल्म दिएका छन् । आमिर खान: आमिर दोस्रो नम्बरमा पर्छन् । उनले दुई सय करोड रुपैंयाँ भन्दा बढी कमाउने ४ फिल्म दर्शकलाई दिएका छन् ।

शाहरुख खान: शाहरुखले बलिउडमा यस्ता तीन फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाएको छ । जसमा ‘पठान’, ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ छन् । अजय देवगन: अजयले बक्सअफिसमा ३ यस्ता फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरेको थियो ।

अक्षय कुमार: अक्षय सूचीमा चौथो नम्बरमा पर्छन् । उनले दुई पटक दुई सय करोड बक्सअफिस कलेक्सन गरेको फिल्म दर्शकलाई दिएका थिए ।रणवीर सिंह: रणवीर सिंहले अभिनय गरेका दुई फिल्मले बक्सअफिसमा दुई सय करोडको स्वाद चाखिसकेका छन् ।

रणवीर कपुर: रणवीरले पनि बक्सअफिसमा दुई पटक दुई सय करोडको क्लबमा आफूलाई उभ्याइसकेका छन् ।शाहिद कपुर: शाहिद अभिनित २ फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ बढी कमाई गरिसकेको छ । अभिषेक बच्चन: अभिषेकको पनि दुई फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ कमाई गरिसकेको छ ।