FLASH NEWS

सुनको मूल्य बढ्यो


नेपाल आवाज १६ माघ २०७९, सोमबार १२:३७ मा प्रकाशित ६४३९ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ ।


नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साेमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । साेमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।