FLASH NEWS

बैतडीमा जीप दुर्घटना


नेपाल आवाज १६ माघ २०७९, सोमबार १८:५१ मा प्रकाशित १३५१ पाठक संख्या

बैतडीमा जीप दुर्घटना भएको छ । दशरथचन्द नगरपालिका-५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राज बहादुर विष्टले बताए ।  गोठलापानी बाट पल्लाचौंडालीमा यात्रु पुर्‍याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो । जीप सडकबाट २० मिटर तल खसेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जीपमा चालक मात्रै रहेको बताइएको छ ।