FLASH NEWS

रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने


नेपाल आवाज २० माघ २०७९, शुक्रबार ०७:४४ मा प्रकाशित १३४५ पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो । यस्तै बैठकले सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।


सांसदहरुलाई अभिमुखीकरण तालिम आज पनि: प्रतिनिधि सभा सदस्यहरूका लागि दिईएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा हिजोवाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो ।

प्रतिनिधिसभामा बिजयी भएका सांसदहरु के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ  । जसअनुसार आइतवारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफना अनुभव साटेका थिए ।

आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बिष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइनेछ।