FLASH NEWS

बुबाको ह’त्या गरेको आरोपमा एकजना पक्राउ


नेपाल आवाज २० माघ २०७९, शुक्रबार १४:५० मा प्रकाशित १७१७ पाठक संख्या

रौतहट । आफ्नै बुबाको ह’त्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चि’रपट प्रहार गरी ह’त्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।  मा’दक प’दार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चि’रपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।