FLASH NEWS

सरकारबाट बाहिरिने रास्वपाको निर्णय


नेपाल आवाज २२ माघ २०७९, आईतवार १६:११ मा प्रकाशित १३३९ पाठक संख्या

काठमाडौ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।


संसद बैठकमा रास्वपाका सांसद अनुपस्थित  । सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् ।

एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् । प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् ।