FLASH NEWS

एशियन हाइड्रोपावरले आईपीओ बिक्री गर्दै, आजदेखि आवेदन दिन मिल्ने


नेपाल आवाज २७ माघ २०७९, शुक्रबार १०:५६ मा प्रकाशित २८३९ पाठक संख्या

काठमाडौं । एसियन हाइड्रोपावरले  शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।


यस हाइड्रोपावरले आफनो जारी पूँजीको १० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबारको ८ लाख ४० हजार कित्ता मध्येको १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १६ हजार ८ सय कित्ता सेयर कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।

यस  आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।