FLASH NEWS

गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : राजेन्द्र लिङ्देनन


नेपाल आवाज २९ माघ २०७९, आईतवार १५:३४ मा प्रकाशित ९५५ पाठक संख्या

काठमाडौं । सत्तारुढ घटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्तासाझेदार दलबीच विवाद नरहेको बताएका छन् ।


बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् ।

गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको बताइएको थियो । तर, राष्ट्रपति कांग्रेसले लिनेगरी राजनीतिक कोर्षअघि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच आशंका उत्पन्न भएको छ ।

यही बेला बसेको संयन्त्रको बैठकपछि अध्यक्ष लिङ्देनले राष्ट्रपतिबारे विवाद नरहेको दाबी गरेका हुन् ।

संयन्त्रको बैठकमा सरकारका कामकारवाहीको समीक्षा गरिएको जानकारी दिएका उनले गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको बताए ।