FLASH NEWS

राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू


नेपाल आवाज १ फाल्गुन २०७९, सोमबार १०:५५ मा प्रकाशित १६४५ पाठक संख्या

काठमाडौं । सरकारले साेमबार सार्वजनिक बिदा  दिएकाे छ । तर, बैंकहरु खाेल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । जनयुद्ध दिवसको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे हाे । तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकाे हाे ।  राष्ट्र बैंकले साेमबार नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।