FLASH NEWS

नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री


नेपाल आवाज १ फाल्गुन २०७९, सोमबार १५:२४ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाएको छ ।


परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरे अनुसार राहात सामग्री आज पठाएको हो ।

यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्र मन्त्री  विमला राई पौड्यालले टर्कीका समकक्षी एच ई मिस्टरसँग टेलिफोन वार्ता गरेर नेपाल सरकारको तर्फवाट दु:ख ब्यक्त गरेकी थिइन ।

मन्त्रालयका अनुसार टर्कीको  बिनाशकारी भुकम्पमा अमूल्य जीवन गुमाउने र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै  परराष्ट्र मन्त्री राईले टर्कीका जनतासँग ऐक्यबद्धताका लागि सबै सम्भव सहयोग गर्न नेपाल तयार रहेको जनाएकी थिइन ।

परराष्ट्र मन्त्रालयले राहत सामग्री ढुवानी गर्नेका लागि सहयोग गर्ने तथा उदार सहयोगी सम्बन्धित सबै सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सलाई हार्दिक धन्यवाद दिएको छ ।