FLASH NEWS

आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी


नेपाल आवाज १ फाल्गुन २०७९, सोमबार १५:४८ मा प्रकाशित १२६१ पाठक संख्या

दाङ । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै नेकपा माओवादी पाटी परित्याग गरेकी छन् ।


गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको उल्लेख गरेकी छन् । उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी हुन् । साविक नेकपबाट एमाले र माओवादी केन्द्र पुनः आ–आफ्नै अस्तित्वमा फर्किंदा आफू माओवादी मै रहेको र आफ्नो सापटी पैसा लिन जाँदाको विषयलाई लिएर मन्त्रीबाट राजीनामा दिन लगाइएको प्रसङ्ग उल्लेख गर्दै उनले पछि पार्टीले वास्ता नगरेको र ‘युज एण्ड थ्रो’ गरेको बताएकी हुन् ।

‘दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेँ । श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन । तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने ग¥यो । माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन्,’ उनले राजीनामापत्रमा उल्लेख गरेकी छन्, ‘तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु ।’

राजीनामापत्र, मितिः२०७९/१०/२४, क. अध्यक्ष, जिल्ला समन्वय दाङ कमिटि, नेकपा (माओवादी केन्द्र) विषयः राजीनामा सम्बन्धमा । महोदय, : उपरोक्त सम्बन्धमा म दुई ठूला पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकता भई बनेको नेकपा पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएँ । मेरा श्रीमान दिवंगत उत्तरकुमार वलीको योग्दानको कदर गर्दै मलाई पार्टीले उम्मेदवार बनायो । श्रीमानकै लोकप्रियता, मप्रति जनताले गरेको सहानुभूति र तत्कालीन पार्टीको योग्दानले मैले प्रदेशसभामा विजयी हासिल गरेँ । तत्कालीन उपनिर्वाचनमा मलाई बढि सहयोग माओवादी केन्द्रका कमरेडहरूबाट भएको अनुभूति मलाई भयो, र मैले दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेँ ।

श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन ।  तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने ग¥योे । माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझेँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन् । तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अबस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो ।

त्यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटिमा नजोड्ने जस्ता कार्यले मप्रति अपमान गरेको अनुभूति भएको छ । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु । धन्यवाद । विमला कुमारी खत्री (वली) दंगीशरण ७, दाङ, निवर्तमान प्रदेशसभा सदस्य