FLASH NEWS

आज भ्यालेन्टाइन डे : कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार ०७:५१ मा प्रकाशित ३०५५ पाठक संख्या

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राको रुपमा पनि लिइन्छ । सोहीअनुसार कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राखेर दिगो प्रेम गर्ने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ । ज्योतिषशास्त्रअनुसार कुन राशि भएकाले कुन राशि भएकासँग प्रेम गर्दा दिगो हुन्छ ? हेर्नुहोस्


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेष राशि भएका मानिसहरूले तुला राशि हुने मानिसहरूसँगको सम्बन्ध सबैभन्दा राम्रो हुनेछ । कन्या र वृश्चिक राशि हुनेहरूसँगको सम्बन्ध नोक्सानदायक हुनेछ भने बाँकी राशि हुनेहरूसँग मेष राशि हुनेहरूले काम गर्दा राम्रो हुन्छ । पूर्व दिशा मेष राशिको लागि राम्रो रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): वृष राशिमा जन्मिएका महिला तथा पुरुषहरूका लागि तुला र धनु राशि हुने मानिसहरूसँगको सम्बन्ध अति नै नराम्रो मानिन्छ । यो राशिहुनेहरूका लागि भने वृश्चिक राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ । बाँकी राशिहरूसँगको सम्बन्ध राम्रो नै रहनेछ । दक्षिण तिरको दिशामा काम गर्दा छिटो सफलता मिल्नेछ ।

मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिथुन राशि हुनेहरूका लागि धनु राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ । मकर तथा वृश्चिक राशि हुनेहरूको सम्बन्ध खासै राम्रो मान्न सकिँदै । बाँकी रहेका राशिहरूसँग सम्बन्ध गाँस्दा राम्रो नै रहनेछ । पश्चिम दिशा मिथुन राशिको आफ्नो दिशा हो, काम कारोबार गर्दा राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्कट राशिमा जन्मिएका सबै मानिसहरूका लागि मकर राशि हुनेहरूसँगको सम्बन्ध अति नै राम्रो मानिन्छ । तर, धनु र कुम्भ राशिका मानिसहरूसँगको सम्बन्ध भने नराम्रो हुनेछ । अरु राशि हुनेहरूँंग काम कारोबार गर्दा फाइदाजनक रहने छ । विशेष गरि उत्तर दिशामा काम गर्दा राम्रो नै मानिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सिंह राशि हुनेहरूले कुम्भ राशि हुनेहरूसँग प्रेम गर्दा धेरै नै राम्रो हुन्छ । विशेष गरी मकर र मीन राशि हुनेहरूसँगको सम्बन्ध राम्रो मानिँदैन । बाँकी राशिहरूसँग भने काम गर्दा राम्रो नै मानिन्छ । पूर्व तिरको दिशामा काम गर्दा परिवारमा खुसी र प्रगति गराउँछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कन्या राशिमा जन्मेका मानिसहरूका लागि भने मीन राशि भएका मानिसँग प्रेम गर्दा सोचेअनुसरको सफलता मिल्ने छ । कन्या राशिको लागि कुम्भ तथा मेष राशि हुनेहरूसँगको सम्बन्ध निकै कमजोर मानिन्छ । त्यसैले कारोबार नगर्नु भएकै राम्रो हुनेछ । अरु बाँकी रहेका राशि हुनेहरूसँगको सम्बन्ध भने राम्रो नै रहनेछ । कन्या राशिको लागि दक्षिण दिशा शुभ मानिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)तुला राशि हुनेहरूले मेष राशि हुनेहरूसँग सम्बन्ध राखेर काम गर्दा राम्रो मानिन्छ । मीन र वृष राशि हुनेसँग भने एकदमै नराम्रो हुन्छ । बाँकी रहेका राशिहरूसँग भने काम गर्दा राम्रो हुन्छ । पश्चिम दिशा राम्रो मानिन्छ । त्यो दिशातर्फ काम गर्दा परिवारमा खुसियाली बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)वृश्चिक राशि हुनहरूले विशेषगरी वृष राशि हुनेहरूसँग सम्बन्ध राखेमा विशेष फदा हुनेछ । मेष र मिथुन राशि हुने हरूसँग राम्रो मानिँदैन ।  अरु राशिसँग मिलेर काम गर्दा फाइदाजनक हुनेछ । महत्त्वपूर्ण कारोबार गर्दा घरभन्दा उत्तर दिशामा गएर गरेका कामबाट सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)धनु राशि हुनेहरूले विशेष गरी मिथुन राशिहुनेहरूसँग प्रेम सम्बन्ध राम्रो हुनेछ । वृष र कर्कट राशि हुनेसँग प्रेममा सफलता पाउन भने गाह्रो हुनेछ । यी राशिसँगका व्यक्तिसँगको कुनै पनि कारोबार अन्तिममा पूरा नहुदै रोकिने हुन्छ । यी दुई राशि वृष र कर्कटबाहेकका अरु राशि हुनेहरूसँगको सम्बन्ध राम्रो हुनेछ । विवाह गर्दा समेत राम्रो नहुने हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)मकर राशिमा जन्मेका मानिसका लागि कर्कट राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । तर, मकर राशि हुनेले मिथुन र सिंह राशि हुनेसँग काम नगरेकै राम्रो हुन्छ । अरु राशि हुनेसँगको सम्बन्ध राम्रो नै मानिन्छ । मकर राशि हुनेले विशेष गरी दक्षिण दिशामा बसेर काम गरेमा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)विशेषगरी कुम्भ राशिका मानिसले सिंह राशि हुनेसँगको सम्बन्ध राम्रो मानिन्छ । तर, कर्कट र कन्या राशि हुनेसँगको सम्बन्ध भने नराम्रो नै मानिन्छ । पारिवारिक सम्बन्धका लागि बाँकी रहेका राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ । कुम्भ राशि हुनेले पश्चिम दिशामा बसेर काम काम गरेमा लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मीन राशिमा जन्मिएका मानिसले विशेषगरी कन्या राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । सिंह र तुला राशि हुनेसँगबाहेक अरु राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ । विशेष प्रगतिको लागि उत्तर तथा पूर्व दिशाहरू लाभदायक हुनेछन् ।(लेखक सुरेशचन्द्र रिजाल ज्योतिश तथा वास्तुविद् हुन् ।)