FLASH NEWS

उपप्रधानमन्त्री लिङ्देनलाई भेटे भारतीय विदेश सचिव क्वात्राले


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १३:५६ मा प्रकाशित १६७५ पाठक संख्या

काठमाडौं । राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।  सिंहदरवारस्थित मन्त्रालयमा सोमबार दिउँसो उप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेटमा ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हित र चासोका छलफल भएको छ । यसअघि मंगलबार बिहान विदेश सचिव क्वात्राले एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग कोटेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए ।