FLASH NEWS

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १९:४८ मा प्रकाशित ११६५ पाठक संख्या

विदेशमा ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।


ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीहरुलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको छ । प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले मलेशियन एयरलाइन्स, रेलयुरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्रीफिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग पनि काम गर्ने जनाइएको छ ।

साझेदारी पछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुने जनाइएको छ । यो सुविधा अनुसार अव नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन् ।  हर्ट्जका एसिया प्रशान्त उपाध्यष इयोन म्याकनिलले ‘अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टूर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् ।

यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए ।उनले भने ‘हर्ट्जको प्रतिनिधि भएको  काम गर्न पाउँदा उत्साहित छौं, हामीलाई एक प्रतिष्ठित र प्रसिद्ध कम्पनीसँग काम गर्ने अवसर प्राप्त भएको छ । हामी उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध छौँ, नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधान त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला हुने छ ।’ प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले हर्ट्जलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ ।

हर्ट्ज के हो त ?: ग्लोबल होल्डिङ्स अन्तर्गत रहेको हर्ट्ज संस्थानले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एशिया, अष्ट्रेलिया र न्यूजील्याण्ड क्षेत्रमा हर्ट्ज, डलर र थ्रिफ्टी ब्राण्डहरू मार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । हर्ट्ज संस्थान संसारभरमै यस प्रकारले सवारी भाडामा उपलब्ध गराउने ठूलो कम्पनीहरूमध्ये एक हो । हर्ट्ज ब्राण्ड विश्वव्यापी रूपमै अधिक लोकप्रिय रहेको हो । यस अतिरिक्त हर्ट्ज संस्थानले केही विशिष्ट बजारहरूमा फायरफ्लाई कार रेन्टल, एस रेन्टल कार्स र हर्ट्ज २४/७ मार्फत थप सेवा दिँदै आएको छ र अस्ट्रेलिया र न्यूजील्याण्डमा फ्लेक्सिकार कार–साझेदारी व्यवसाय पनि सञ्चालन गर्दछ । यस कम्पनीका बारे थप जानकारीका लागि कृपया वेबसाइट www.hertz.com मा हेर्न सक्नुहुन्छ ।

प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका बारे: प्रेसिडेन्ट ग्रुप अफ कम्पनीज नेपालको पर्यटन क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो ।  सरल एकद्वार सेवा र उत्कृष्ट व्यावसायिकताले सबैको विश्वास जित्न सफल भएको छ । सन् १९७७ मा स्थापित यस समूहको संरचना आफ्ना ग्राहकको आवश्यकता पूरा गर्न सधैं तत्पर छ ।   प्रेसिडेन्ट ग्रुपले हाल नेपालमा एयर अरेबिया, इन्डिगो एयर, मलेशियन एयरलाइन्स, केन्या एयरवेज, एयर मोरिसस, रेल यूरोप, कार्लसन वागनलिट, हान एयर, कक्स एन्ड किङ्स र ट्युन प्रोटेक्टको प्रतिनिधित्व गर्दछ ।