FLASH NEWS

ब’लात्कार आराेपमा एक युवक पक्राउ


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १३:४० मा प्रकाशित १६२७ पाठक संख्या

दार्चुला । ४५ वर्षीया महिलालाई ज’बजस्ती क’रणी गरेको अभियोगमा लेकम गाउँपालिका-४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका-९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पार्कीले ती महिलालाई ज’बरजस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


जुवातास खेलिरहेका सात जना पक्राउ: नागार्जुन नगरपालिका-२ नाम्गेलस्थित जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय छिरङ शेर्पा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेल्न प्रयोग गरेको नगद २३ हजार ७ सय १५ रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।