FLASH NEWS

३ महिनामा १० प्रतिशत महंगी बढ्ने


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १६:४४ मा प्रकाशित १२०७ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ ।


केन्द्रीय बैंकले यस सर्वेक्षण पुस २४ देखि ३० गतेसम्म देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरु सँग अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको हो ।

उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अबको ३ महिनामा र १ वर्षमा क्रमश: १० र १२ प्रतिशत मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरू को हिस्सा गत असोज सम्मको तुलनामा घटेको छ ।