FLASH NEWS

आज सार्बजनिक बिदा


नेपाल आवाज ४ फाल्गुन २०७९, बिहीबार ०८:०० मा प्रकाशित २५५१ पाठक संख्या

पोखरा, ४ फागुन । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो ।  गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो । संघीय सरकारले दिएकाबाहेक  प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।