FLASH NEWS

डढेलो पीडित परिवारलाई राहत


नेपाल आवाज ५ फाल्गुन २०७९, शुक्रबार १६:२१ मा प्रकाशित ११११ पाठक संख्या

खोटाङ, ५ फागुन  । खोटाङमा डढेलोले घर जल्दा विस्थापित भएका पीडित परिवारलाई राहत प्रदान गरिएको छ । फागुन ३ गते सामुदायिक वनमा लागेको डढेलोको झिल्कोबाट घरमा आगलागी भएपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका बक्तबहादुर बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत प्रदान गरेको हो ।


अग्नी पीडित परिवारलाई राहत स्वरुप नगद १० हजार प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।     अग्नी पिडितलाई भग्नावशेषमै पुगेर वडाका जनप्रतिनिधिको उपस्थितिमा कोषका प्रतिनिधि तामन राईले राहत हस्तान्तरण गरेका हुन् ।

आगलागीमा दुईवटा घर, एकवटा गुवाली, एउटा बाछी, एउटा १ वटा बाख्रा लगायत जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको थियो । आगलागीमा घर र घरमा भएका सम्पत्ती जलेपछि बस्नेतको १३ जनाको परिवार पूर्णरुपमा विस्थापित बनेका छन् ।

आगलागीमा बस्नेतको बालबच्चाको पुस्तक, कापी, पेशाक समेत जलेको थियो । स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलोको झिल्को हावाले उँडाएर छानामा ल्याएपछि घर जलेको थियो ।