FLASH NEWS

शिबरात्रीको अघिल्लो दिन अष्ट्रेलियाका पुजारीलाई धम्की


नेपाल आवाज ६ फाल्गुन २०७९, शनिबार ११:१३ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौं  । अष्ट्रेलियाको एक प्रसिद्ध हिन्दू मन्दिरका पुजारीलाई ई धम्कीपूर्ण फोन आएकाे छ । ब्रिस्बेनस्थित गायत्री मन्दिरका पुजारी र ब्यवस्थापनका सदस्यहरू गत शुक्रबार यस्तो धम्कीपूर्ण फोन आएको हाे ।


‘द अष्ट्रेलिया टुडे’का अनुसार  ब्रिस्बेनस्थित गायत्री मन्दिरका अध्यक्ष जयराम र उपाध्यक्ष धर्मेश प्रसादलाई फोन गरी उक्त धम्की दिएका हुन । रिपोर्टका अनुसार ब्रिस्बेनस्थित गायत्री मन्दिरका अध्यक्ष जयरामलाई धम्की दिने व्यक्तिकाे दिएको चेतावनी सन्देशलाई उद्धृत गर्दै द अस्ट्रेलिया टुडेले उल्लेख गरेकाे छ, ‘मसँग खालिस्तानको बारेमा सन्देश छ । यदि तपाईं महाशिवरात्रि मनाउने योजनामा ​​हुनुहुन्छ भने पुजारीलाई खालिस्तानको समर्थन गर्न र कार्यक्रममा पाँच पटक ‘खालिस्तान जिन्दाबाद’ भन्ने नारा लगाउनुहोस्।’

सो धम्की पछि अध्यक्ष, पुजारी र भक्तजनहरुका बारेमा छलफल गरिएकाे छ र मन्दिरमा सुरक्षाा ब्यवस्था कडा पारिएकाे छ । उनीहरुका अनुसार यसरी फोन गर्ने ब्यक्तिले आफूलाई गुरुवदेश सिंह भनेर चिनाएका थिए ।

यसअघि अष्ट्रेलियाका भिक्टोरिया प्रान्तमा ‘खलिस्तानी समर्थक’हरुले भारत विरोधी भित्ते चित्र बनाएर तीनवटा हिन्दू मन्दिरमा तोडफोड गरेका थिए ।अस्ट्रेलियामा हिन्दूहरुलाई धम्की दिने गर्दै आएका छन ।