FLASH NEWS

गण्डकी र प्रदेश १ मा उच्च भागमा हिमपात हुने


नेपाल आवाज ७ फाल्गुन २०७९, आईतवार ०७:२६ मा प्रकाशित १६४५ पाठक संख्या

काठमाडाैं, ७ फागुन  । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू्–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने प्रदेश नं १ को पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने  प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।

तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।