FLASH NEWS

आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै


नेपाल आवाज ७ फाल्गुन २०७९, आईतवार ०७:३५ मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौं । जहाँनीया राणा शाषनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ ।


सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मुल समारोह मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने  निर्णय गरेको थियो  ।काठमाडौंको टुडिखेलमा बिशेष समारोह आयोजना गरिन्छ भने बिदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ ।