FLASH NEWS

हवातै बढयो सुनको भाउ, आज यस्तो छ प्रतितोला…


नेपाल आवाज ७ फाल्गुन २०७९, आईतवार ११:४९ मा प्रकाशित ११५०३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ।


शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।