FLASH NEWS

सुन किन्दै हुनुहुन्छ, घटयो सुनको भाउ


नेपाल आवाज ९ फाल्गुन २०७९, मंगलवार ११:३७ मा प्रकाशित १७३२९ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।


सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार यसको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा कारोबार भइरहेको छ ।