FLASH NEWS

ब’लात्कार आराेपमा २ जना पक्राउ


नेपाल आवाज ९ फाल्गुन २०७९, मंगलवार १८:३९ मा प्रकाशित ११७७ पाठक संख्या

काठमाडौं । १७ वर्षीया किशोरीलाई ज’बरजस्ती क’रणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ ।


अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा ज’बरजस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

यस्तै  १७ वर्षीया किशोरीलाई ज’बरजस्ती क’रणी गरेको अभियोगमा पर्साकाे ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।