FLASH NEWS

दिल्लीको मेयरमा शैली ओबराय, केजरीबाले भने, ‘गुण्डागर्दी पराजय भयो’


नेपाल आवाज १० फाल्गुन २०७९, बुधबार १६:२६ मा प्रकाशित १८३१ पाठक संख्या

नयाँ दिल्ली । आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् ।


यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार  रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।

मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन् ।रायको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शेली ओबेरोयलाई चुनाव जितेकोमा बधाई दिएका छन् । अरविन्द केजरीवालले ट्विट गर्दै  ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुंडागर्दी पराजित भयो ।’ उनले ओबराय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई बधाई समेत दिएका छन ।