FLASH NEWS

बालिका ब’लात्कार आराेपमा एक जना पक्राउ


नेपाल आवाज ११ फाल्गुन २०७९, बिहीबार १६:११ मा प्रकाशित १२७३ पाठक संख्या

म्याग्दी, ११ फागुन । १० वर्षीया बालिकालाई ज’बरजस्ती क’रणी गरेको अभियोगमा मंगला गाउँपालिका-३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा ज’बरजस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ: बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।