FLASH NEWS

राष्ट्रपति निर्वाचन कार्यक्रम : आज उजुरीमाथि छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने


नेपाल आवाज १२ फाल्गुन २०७९, शुक्रबार १२:०२ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार  मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ ।


२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावली माथि परेका दावी विरोध र उजुरी माथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबार मध्यान्हसम्म दावी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजे भित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यसैगरी १३ फागुन अर्थात् शनिबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजे सम्म मतदान हुनेछ ।