FLASH NEWS

प्रधानमन्त्रीले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भयो’


नेपाल आवाज १२ फाल्गुन २०७९, शुक्रबार २०:०९ मा प्रकाशित १५०७ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरे सँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन । प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन । ‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो। हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठक पछि भने।  उनका अनुसार नेकपा एसका नेता  ज्वालाका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छ्रैन् ।