FLASH NEWS

नुवाकोटमा ग्याँस सिलिन्डर पडकिदा आगलागी, मानवीय क्षती भएन


नेपाल आवाज १६ फाल्गुन २०७९, मंगलवार ०७:१८ मा प्रकाशित १५८५ पाठक संख्या

नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ ।बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन । ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ । बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।