FLASH NEWS

कोशी प्रदेशमा आज सार्वजनिक बिदा


नेपाल आवाज १८ फाल्गुन २०७९, बिहीबार ०८:२२ मा प्रकाशित १४११ पाठक संख्या

बिराटनगर । दोस्रो कार्याकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाई घोषणा गरेको हो ।  हिजो भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र बिपक्षमा ४ मत खसेको थियो ।