आज: | Mon, 26, Feb, 2024
FLASH NEWS

आज बानेश्वरमा दुर्गा प्रसाईको प्रदर्शन हुने


नेपाल आवाज २० फाल्गुन २०७९, शनिबार १०:०५ मा प्रकाशित ११८३ पाठक संख्या

काठमार्डौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।ब्यावसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंकाे बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो । पुर्ब राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापावाट सुरु भएकाे अभियानले बुटबल हुदैँ देशका बिभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियनले आर्थिक अन्याय र बेथितिको विरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी  दिएका छन् । नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील साे अभियानकाे छ ।