FLASH NEWS

दुधको मुल्य ९.५० रुपैयाँ बढयो


नेपाल आवाज २० फाल्गुन २०७९, शनिबार १०:२१ मा प्रकाशित २५०३ पाठक संख्या

काठमाडौं । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठक को निर्णय सँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो।


जस अनुसार दुधको मूल्य ५६ रुपैयाँ वाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायत ले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकार सँग माग गर्दै आएका थिए ।

नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डी डी सी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ ले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।