FLASH NEWS

दिनदहाडै चोरी हुन थालेपछी व्यवसायीहरुमा असुरक्षित महसुस


नेपाल आवाज २० फाल्गुन २०७९, शनिबार १०:४२ मा प्रकाशित १३६९ पाठक संख्या

महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी ब्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।


मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलवाट सुन  चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको ब्यापारीले बताए । यसैबीच आज सुनचाँदी व्यवसायीहरुले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा ब्यवसायीले जिल्ला सुरक्षा कार्यालयको भुमिकामाथी नै प्रश्न उठाएका छन् ।

सुन जोखाउनु छ भन्दै सुनको डब्बा नै लुटेर मोटरसाइकलमा फरार हुने ब्यक्तीको हुलिहा सहित प्रहरी र स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउँदा पनि यस्को सुनुवाई हुन नसकेको व्यवसायीहरुको गुनासो छ । व्यवसाय संचालनको क्रममा लुटपाट हुनु आफैमा निन्दनीय भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका माहासचिव बिनोद भण्डारीले जिल्लाको कमजोर सुरक्षा अवस्थाको चित्रण भएको बताए ।

दोषीलाई तत्काल पक्राउ गरि कानुनी दायरमा ल्याउन पनि व्यवसायीहरुले सम्बद्ध निकायसगँ माग गरेका छन् । पछिल्लो समय बर्दिबासमा साना तथा ठुला व्यवसायीहरुका सटर फुटाएर चोरी भएका घटनाहरु बाक्लिदै गएका छन् । कहिलेकाही त एकै रातमा ३ वटासम्म पसल चोरी हुने गरेको व्यवसायीहरुको गुनासो छ ।

यता  उद्योग वाणिज्य संघ बर्दिबासले चोरीका घटनाहरुको बिषयलाई गम्भीरतापूर्वक लिएको वताएको छ । बाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले चोरीलाइ कसरी न्यूनीकरण गर्ने भन्ने बिषयमा विभिन्न चरणमा छलफल समेत भैइसकेको बताए ।

सिसिटिभी जडान देखि बर्दिबास सहरलाइ सुरक्षित वनाउन सुरक्षा निकाय र स्थानिय सरकारसँग गहन छलफल भैइरहेको अध्यक्ष बिष्णु खडकाको भनाइ छ ।