FLASH NEWS

दाइजो नल्याएको भन्दै यातना दिने ससुरा पक्राउ


नेपाल आवाज २९ फाल्गुन २०७९, सोमबार ०९:४९ मा प्रकाशित १४५३ पाठक संख्या

दाइजो नल्याएको भन्दै वुवारीलाइ सारिरिक र मानसिक या’तना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका वस्ने उन्की बुहारी नेहा चौधरीले दिएको कि’टानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।


२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान  पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा  हालेकी थिइन् ।त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले  पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ ।

तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित  दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उन्लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।११ चैत्र २०७८ मा रामगोपालपुर विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजोकोरुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

यस्का वावजुत पनि विवाह भएको ८ महिनापछी पंकज लगायत उन्को घरपरिवारले नेहालाइ घरनिकाला गरिदिएपछी उन्ले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन्  ।श्रीमान् पंकज र उन्का वुवा राम प्रवेशलाइ अदालतले पुर्पक्षको लागी जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए ।

प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरि उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही पकृतिको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरि कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारिमा राहत महसुस भएको छ ।दाइजोकै कारण सारिरिक र मानसिक या’तना भोगीरहेका महिलाहरुले यो घटना बाहिर आएपछी सशक्त प्रतिवाद गर्ने विश्वास लिइएको छ ।