झापा । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडी मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ का ४० वर्षीय राम कुमार लिम्बू को पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार पोखरीमा माछा मार्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुना साथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वी नगर बाट खटिएको प्रहरी टोलीले पोखरीमा खोज तालास गर्दा लिम्बू लाई मृत अवस्थामा फेला पारेका थिए ।
मृत अवस्थामा फेला परेका लिम्बूको प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात् शव आफन्त लाई जिम्मा बुझाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिए ।