FLASH NEWS

अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो


नेपाल आवाज १ चैत्र २०७९, बुधबार ११:५२ मा प्रकाशित २५८७ पाठक संख्या

काठमाडौ, १ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।


आज पनि अमेरिकी डलर करिब एक रुपैयाँले वृद्धि भएको छ।   राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ।  यसअघि मंगलबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो ।

बुधबारका लागि एक युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ २२ पैसाले बढेको हो साथै मंगलबार ४८ पैसाले र सोमबार ७५ पैसाले वृद्धि भएको थियो । मंगलबार यसको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ रुपैयाँले बढेको छ । मंगलबार उक्त पाउण्डको खरिदमूल्य १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो ।  त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसामा पाइन्छ।

उता, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३५ रुपैयाँमा २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर, ३५ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा ताेकेका छ भने मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ४८ पैसामा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ १४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।