FLASH NEWS

पर्वतमा बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय


नेपाल आवाज १ चैत्र २०७९, बुधबार १५:५० मा प्रकाशित १२४३ पाठक संख्या

पर्वत, १ चैत ।  जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई अपहरण गरेको एक अपहरणकारीलाई ३ वर्ष ९ महिना कैद सजाय फैसला गरेको छ ।


जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई ३ बर्ष ९ महिना कैद सजायको फैसाला सुनाएको हो  । उनले गत जेठमा राधा पौडेलकी छोरी अपहरण गरेका थिए ।

जिल्ला अदालतको फागुन ३० गतेको फैसला अनुसार उनलाई  ३ वर्ष कैद सजायसँगै बालबालिका विरुद्धको कसुर अन्तर्गत ६ महिना र एकीकृत कसुर अन्तर्गत ३ महिनाको कैद सजायको फैसला सुनाइको हो ।

अदालतका सूचना अधिकारी एवं श्रेष्तेदार राजु ढुंगानाका अनुसार अदालतले अपहरण सम्बन्धी कसुर अन्तर्गत ३० हजार र बालबालिका कसुर अन्तर्गत ३० हजार र जरिबानासहित २ हजार ४ सय  गरी ६४ हजार ४ सय रुपैयाँ पीडित राहतकोषमा भर्न पनि आदेश दिईएको छ ।

छोरी अपहरणमा परेको भन्दै बालिकाकी आमा ३४ वर्षीया राधा पौडेल ढुंगानाले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन । सो उजुरी पछि पक्राउ परेका बस्नेतलाई जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेको बेला अदालतले सो आदेश दिएको हो ।