FLASH NEWS

यूएईलाई ९ रनलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश


नेपाल आवाज २ चैत्र २०७९, बिहीबार १८:३४ मा प्रकाशित १३९३ पाठक संख्या

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एक दिवसीय विश्वकप छनोटमा पुगेको छ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । यो सँगै नेपाल  जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाए सँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल २ रनले विजयी घोषणा गरिएको हो ।