FLASH NEWS

”गृह सहित रोजेकै मन्त्रालय लिएर हामी सरकारमा सहभागी हुन्छौं”: राजेन्द्रप्रसाद पाण्डे


नेपाल आवाज ३ चैत्र २०७९, शुक्रबार १९:२७ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गृह सहित आफुहरुले रोजेकै मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताएका छन् । शुक्रवार, उपराष्ट्रपतिको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पाण्डेले गृह सहित आफुहरुले रोजेकै कम्तिमा ३ मन्त्रालय लिएर सरकारमा जाने बताएका हुन् । माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै उनले भने, ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामीले एक नम्बर ठानिएको मन्त्रालय नै लिन्छौं ।’ उनले भने । गृहतर्फ संकेत गर्दै पाण्डेले रोजेको मन्त्रालय र डेभलपमेन्ट सर्भिस समेत गरी ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताए । यद्यपि ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको पाण्डेले जानकारी दिए ।