आज: | Fri, 08, Dec, 2023
FLASH NEWS

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण


नेपाल आवाज ५ चैत्र २०७९, आईतवार १६:३३ मा प्रकाशित १६०९ पाठक संख्या

एजेन्सी ।  दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण हालै अमेरिकाबाट फर्किए । उनी अभिनित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटू नाटू’ ले हालै सम्पन्न ‘ओस्कार अवार्ड’मा ‘बेस्ट ओरिजिनल सङ’ विधाबाट ओस्कार अवार्ड जितेको थियो ।

यो जितपछि फिल्मको निर्माता तथा कलाकार खुशी छन् । यिनै रामचरणले क्रिकेटर विराट कोहलीको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । एक अन्तरवार्तमा उनलाई कस्तो चरित्र निर्वाह गर्न चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले खेलसँग जोडिएको चरित्रमा काम गर्न चाहेको खुलाएका थिए ।

उनलाई ‘यदी विराट कोहलीको बायोपिक बन्यो भने त्यसमा शीर्ष भूमिका निभाउनुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनले आफूले चाहेको बताएका छन् । उनले विराटको बायोपिकमा काम गर्न पाउनु अहोभाग्य हुने उल्लेख गरेका छन् ।