FLASH NEWS

ई–रिक्सामा लागूऔषध तस्करी


नेपाल आवाज ६ चैत्र २०७९, सोमबार २०:०४ मा प्रकाशित ११४१ पाठक संख्या

ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्ज बाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारत बाट नेपाल तर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेक जाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।


चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएल को एक सय ७८ बोतल बरामद गरेको थियो ।

लागूऔषध बरामद भए पछि ई-रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिएको छ ।

यादलाई लागुऔषध मुद्दामा अदालत बाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए ।