FLASH NEWS

चट्याङ खसेर एक घरमा क्षती


नेपाल आवाज ७ चैत्र २०७९, मंगलवार १७:१५ मा प्रकाशित १६५७ पाठक संख्या

धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरी को दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो ।


उनले घरको दोस्रो तलाको छतको छज्जा मा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ । घरमा जडान भएको इन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पूर्ण रुपमा क्षति भएको चौधरी ले बताए ।

यस्तै गाडी पार्किङ्ग गर्न बनाए को ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा ०१०२६ च ५१०८ नम्बर को कारमा र एउटा से ६ प ७४६६ नम्बर को स्कुटीमा समेत क्षति पुगेको  छ ।